पदाधिकारी टुङ्गिएको होइन, साँझ बस्दैछौँ : नेता पोखरेल

पदाधिकारी टुङ्गिएको होइन, साँझ बस्दैछौँ : नेता पोखरेल

नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पदाधिकारी चयनबारे अहिलेसम्म पार्टीभित्र कुनै निर्णय नभएको बताएका छन् । विभिन्न सञ्चार माध्यमले पदाधिकारी टुङ्गो लागेको समाचार सम्प्रेषण गरिएको बारे उनले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका हुन् ।

अहिले साँझ ६ बजे बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीबारे प्रस्ताव आउने सम्भावना भने रहेको नेता पोखरेलले बताएका छन् । ‘बाहिर गरिएका चर्चा उनीहरुका अनुमान मात्रै हुन्, अहिलेसम्म पार्टीमा प्रस्ताव आएको छैन । अहिले ६ बजे बस्ने बैठकमा प्रस्ताव आउने सम्भावना छ,’ उनले भने ।

पदाधिकारी टुङ्गो लगाउन माओवादीले आज बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । ३ बजेका लागि सारिएको बैठक पुनः ६ बजे बस्ने तयारी गरिएको छ । पोखरेलले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीबारे एकैसाथ निर्णय हुने पनि जानकारी दिए ।

टिप्पणीहरू