लोसपाका नेताहरु बालुवाटारमा

लोसपाका नेताहरु बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग कुराकानी गर्न वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

भेटमा राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकता विधेयक र गठबन्धनमा सहभागी हुने नहुने विषयमा छलफल भएको बताइएको छ । मधेशवादी दलहरूले उठाउँदै आएको नागरिकताको विषयसँग सम्बन्धित विधेयक राष्ट्रपति विद्या भण्डारीले पुनः संसदमा फिर्ता गरेपछि राजनीतिक परिस्थितिमा उतारचढाव आएको हो ।

लोसपा सत्ता गठबन्धनमा सहभागी हुने विषय आगामी शुक्रबारसम्म टुङ्गो लाग्ने बताइएको छ ।

टिप्पणीहरू