बसको ठक्करबाट मोटरसाइकल चालक बिते

बसको ठक्करबाट मोटरसाइकल चालक बिते

पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ खण्डमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

आज विहान हेटौँडाबाट नारायणगढतर्फ जाने क्रममा ०३–००१ ख २४८१ नम्बरको यात्रुवाहक बसले विपरित दिशाबाट आउँदै गरेको बा. ०३–००५ प २६६३ नम्बरको मोटरसाइकललाई मनहरी गाउँपालिका ९ खरंगामा ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका १ का ३३ वर्षीय गोपाल सारु रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सारुको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न बस नियन्त्रणमा लिए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू