नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको आरोप

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको आरोप

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उक्त विधेयक पारित गराउन सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नागरिकता जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने सुझाव दिँदै नेता पुनले नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

वैवाहिक अंगीकृत नागरिकताको विषयमा आगामी दिनमा पुनः छलफल गरेर परिमार्जन गर्न सकिने उहाँको भनाइ छ । सरकारले उक्त विधेयक मुलुकको आवश्यकताका लागि ल्याएको नेता पुनको दाबी छ ।

टिप्पणीहरू