चट्याङका कारण राहदानी वितरण ठप्प

चट्याङका कारण राहदानी वितरण ठप्प

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा इन्टरनेट अवरुद्ध हुँदा राहदानी वितरण सेवा ठप्प भएको छ । चट्याङका कारण इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या देखिएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीका अनुसार पछिल्लो पाँच दिनदेखि राहदानी वितरण गर्न सकिएको छैन । राहदानी वितरणको काम रोकिएपछि सेवाग्राहीले सास्ती भोगेका छन् ।

प्राविधिक टोलीले इन्टरनेट मर्मतको काम गरिरहेको बताइएको छ । अझै पनि इन्टरनेट अवरुद्ध रहेकाले पूर्ण रुपमा मर्मत नभएसम्म राहदानी सेवा सुचारु गर्न नसकिने प्रशासन कार्यालयले जनाएको छ ।

सेवाग्राहीहरु कार्यालय आउने र रित्तो हात फर्किने क्रम जारी छ । तत्काल राहदानीको आवश्यकता परेकाहरु सबैभन्दा धेरै मारमा परेका छन् । सोलुखुम्बुलगायत अन्य जिल्लामा पनि चट्याङका कारण इन्टरनेट अवरुद्ध भएको छ ।

टिप्पणीहरू