डुंगा दुर्घटनामा २५ विद्यार्थी घाइते

डुंगा दुर्घटनामा २५ विद्यार्थी घाइते

दाङमा विद्यार्थी चढेको डुंगा पल्टिँदा २५ जना घाइते भएका छन् । आज बिहान राप्ती नदी तर्ने क्रममा भएको डुंगा दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

लमही नगरपालिका ९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारीको राजपुर गाउँपालिका ७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विद्यालय समयमा डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेका हुन् ।

उनका अनुसार तीन जना विद्यार्थीको अवस्था गम्भीर छ । लमही नगरपालिका ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दिप विक हुन् । उनीहरु तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सात जनाको क्षमता रहेको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा पल्टिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू