ग्लोबल आइएमई बैंकको अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकको अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातपछि बैंकका नयाँ ग्राहकले अनलाइन मार्फत् खाता खोलेर भिडियो केवाईसी मार्फत आफ्नो परिचयबाट खाता सुचारु गर्न सक्नेछन् ।

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्न, केवाईसी फारम भर्न अब बैंक धाउन नपर्ने भएको छ । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित गर्न तथा ग्राहक पहिचानको निम्ति अनलाइन भिडियो बाटै गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको सन्दर्भमा भिडियो केवाईसी थप प्रभावकारी हुने बताइएको छ । यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि स्थानबाट भिडियो केवाईसी सेवा मार्फत् बैंकमा खाता खोल्न सक्नेछन् ।

मुलुकका सबै जिल्लामा दुई सय ८९ शाखा रहेको मुलुकको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ८१ भन्दाबढी सेवा केन्द्रबाट ३० लाखबढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू