आज पनि दर्जनौं विद्यार्थी सडक कारबाहीमा

आज पनि दर्जनौं विद्यार्थी सडक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका चार दर्जनबढी विद्यार्थी कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकजाँच अभियान अन्तर्गत आज थप ५१ जना विद्यार्थी कारबाहीमा परेका हुन् ।

जसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने तीन जना र विविध कसुरमा २१ जना चालकलाई कारवाही गरिएको छ ।आज बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्याङ्करका एक सय सात जना, एम्बुलेन्सका चरा जना र दुई सय १६ जनासहित अन्य सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

मदिरा सेवन गरेर स्कुल बस चलाएका एक जनालाई पनि कारबाही गरिएको छ ।

टिप्पणीहरू