दार्चुलामा जीप खस्यो : पाँचको मृत्य, नौ घाइते

दार्चुलामा जीप खस्यो : पाँचको मृत्य, नौ घाइते

दार्चुलामा भएको जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जीप सडकबाट पाँच सय मिटर तल खस्दा नौ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से. १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा रहेका चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । सिकिस्त घाइते चार जनाको उद्धार गरेर उपचारको निम्ति गोकुलेश्वर पठाइएको छ । अन्यको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू