आइएमएस बन्यो पाराकिटोको पहिलो वितरक

आइएमएस बन्यो पाराकिटोको पहिलो वितरक

फ्रान्सेली ब्राण्ड ‘पाराकिटो’ नेपालमा लञ्च र वितरण गर्ने पहिलो ग्रुप आइएमएस बनेको छ । आइएमएसले यो ब्राण्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको हो ।

पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षण गर्ने ब्राण्ड हो जसले प्राकृतिक रुपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ ।

यो अभिनव प्राकृतिक लामखुट्टे संरक्षण लीदर हो र यसले उच्च गुणस्तर टेक्नोलोजीको एक अलग लाइन प्रदान गर्दछ ।

पाराकिटोले यसका साथै रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन पनि उत्पादन गर्दै आएको छ । यो एक वैकल्पिक, पूर्ण सुरक्षित र सुरक्षा समाधानको उपाय हो जुन विशेष गरी बच्चा, गर्भवती महिला र संवेदनशील छालालाई ध्यानमा राखि उत्पादन गरिएको हो ।

पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षणलाई प्राथमिकता दिएको छ । बच्चा र आउटडोर काममा जानेहरुका निम्ति यो सबैभन्दा उत्तम समाधान हो ।

पाराकिटो आइएमएस लिटर स्माइलस शोरुमहरुमा उपलब्ध छ । यसका शोरुमहरु दरबारमल, दरबार मार्ग, सिटी सेन्टर र कमलपोखरीमा अवस्थित छन् ।

यसले बच्चालाई आवश्यक पर्ने थुप्रै अन्तर्राष्ट्रिय ब्राण्डहरु बिक्रीवितरण गर्ने गरेको छ । पाराकिटो स्मार्टडोको अनलाइनमा पनि उपलब्ध छ जसले गर्दा यसले ७७ वटै जिल्लामा आफ्नो उल्पादन पुर्याइरहेको छ ।

टिप्पणीहरू