रानीबनमा मरेको चितुवा निकुञ्जले बुझ्यो

रानीबनमा मरेको चितुवा निकुञ्जले बुझ्यो

बाजुराको एक सामुदायिक बनमा चितुवा मृत भेटिएको छ । खप्तड छेडेदह गाउँपालिका-१ को रानी सामुदायिक बनमा मंगलबार चितुवा मृत फेला परेको हो ।

स्थानीयले चितुवा मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गरि चितुवाको लास निकुञ्जको टोलीलाई बुझाएको हो ।

मृत अवस्थामा फेला परको चितुवाको लम्बाई ६ फिट २ इन्च र चौडाई ४ इञ्च रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू