बाबुसाहेबलाई निकाल्ने तयारी

बाबुसाहेबलाई निकाल्ने तयारी

प्रधानमन्त्री कार्यालयमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न कर्मचारीहरुको तलबबाट कट्टी गरिएको झण्डै २५ लाख रुपैयाँ अहिलेसम्म  बैंकले जम्मा गरेको छैन ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकेशरी शाहलाई अन्ततः साहुजीले हटाउने भएका छन् । डलर अर्बपति बिनोद चौधरी र उनको समूहको सबैभन्दा धेरै लगानी रहेको बैंकको वित्तीय अवस्थामा सोचेजति सुधार ल्याउन नसकेको भन्दै शाहलाई हटाउन खोजिएको हो। ‘चार वर्षका लागि नियुक्त गरिएकाले बाँकी अवधिको तलब, सुविधा दिने शर्तमा उनलाई हटाउन सकिन्छ’  नबिल बैंक उच्चस्रोतले दाबी गरेको छ ।

चौधरी समूह नयाँ सीईओको जोगाड हुने बित्तिकै शाहलाई जुनसुकै मूल्य तिरेर भएपनि बिदा गर्ने सोचमा छ । उमेर हदका कारण नयाँ सीईओमा रत्नराज बज्राचार्यको सम्भावना देखिँदैन । पाए खानेमा सञ्चालक उपेन्द्र पौडेल नै तम्सिएका छन् । तर, लामो समयदेखि बैंकमा अध्यक्ष रहेका शम्भुप्रसाद पौडेलको समेत साथ र समर्थन चाहिने भएकाले उपेन्द्रले त्यो रणनीति पनि अपनाउन थालिसकेको देखिन्छ ।

यसअघि अध्यक्ष पौडेलले समेत ‘एक दुईवटा मेरो काम पनि गर्नुपर्छ है ?’ भनेर शाहलाई मेगाबाट आउने बेलामै सम्झाएका थिए । तर, उनले न चौधरीको काम गरे, न पौडेलको नै । भारतीय अभिनेता रणवीर सिंहको शैलीमा जुँगा पालेर बैंकको व्यवसाय विस्तारमा भन्दा शाह प्रख्यात चेलिबेटी र सेलिब्रिटीको कार्यक्रममा लिप्त भएपछि बैंकले नयाँ सीईओको खोजी गरेको हो ।

यसअघि उनी मेगा बैंकमा ‘हलोदेखि हाइड्रोसम्म’ को नारा भजाएर सबैभन्दा धेरै तलब खाने सीईओ बनेका थिए । अहिले शाहको वार्षिक तलब डेढ करोड रुपैयाँ तोकिएको छ । गत आर्थिक वर्ष उनले बोनस वापत थप आधा करोड पाएका थिए भने यो  वर्षपनि त्यो भन्दा घट्ने देखिँदैन ।

चौधरी समूहको स्वार्थ अनुकूलका हरेक काम गर्नुपर्ने शर्तमा उनलाई ४ वर्षको लागि पुनः नबिल भित्र्याइएको थियो । मेगाअघि पनि उनी नबिलमै आठ वर्ष सीईओ रहेका थिए । मेगाबाट सेञ्चुरी बैंकमा जान ठिक्क परेका शाह भनेजति तलब नदिने भएपछि एकाएक हच्किएका थिए ।

२०७४ फागुनमा दोस्रो पटक नबिलको सीईओ बन्नुअघि उनलाई राष्ट्र बैंकले रातारात सर्कुलर जारी गरेर भाँजो हालिदिएको थियो । केन्द्रीय बैंकको सर्कुलरले नसमेटेपछि उनी सीईओको तलब, भत्ता बुझेर छ महिना कायम मुकायम सीईओ बन्न बाध्य भएका थिए ।

उठाइएको रकम गायब !

प्रधानमन्त्री कार्यालयमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न कर्मचारीहरुको तलबबाट कट्टी गरिएको झण्डै २५ लाख रुपैयाँ अहिलेसम्म  बैंकले जम्मा गरेको छैन ।

सीईओको तीन दिन, मेनेजर तहका कर्मचारीको दुई दिन र अन्य कर्मचारीको एक दिनको तलब बैशाख १८ गते नै कट्टी गरेपनि एक महिनासम्म कोषमा जम्मा भएको छैन ।

टिप्पणीहरू