अवैध सुपारी र रजनीगन्धा बरामद

अवैध सुपारी र रजनीगन्धा बरामद

झापामा फेरि अवैध सुपारी फेला परेको छ । गएराति मेचीनगर नगरपालिका–६ बाट अवैध रुपमा भारत लाँदै गरेको अवस्थामा एक सय २० किलो सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको सुपारीको बजार मूल्य ८० हजार रुपैयाँ हुन आउँछ ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले सोही नगरपालिकामा अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरिएको ५० बण्डल रजनीगन्धा पनि बरामद गरेको छ । बरामद रजनीगन्धाको बजार मूल्य एक लाख ८० हजार पर्ने प्रहरीको भनाइ छ ।

बरामद भएको सुपारी र रजनीगन्धा मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू