राजमार्ग छेउको मोटरसाइकलसँगै पुरुषको शव

राजमार्ग छेउको मोटरसाइकलसँगै पुरुषको शव

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–१२, नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ । सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल–११, कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव आज फेला परेको हो ।

सडक छेउमा लु.३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टिप्पणीहरू