कोरोनालाई लडाए जर्नेलले

कोरोनालाई लडाए जर्नेलले

मेजर जर्नेल सुरेश कार्कीले ११ दिनमा कोरोनालाई धुलोपिठो बनाएका छन् ।

महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनापतिका रुपमा कार्यरत कार्कीमा बारा गएर फर्किएलगत्तै स्वास्थ्य परीक्षण गराउँदा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीसँगै कोरोनाको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका क्याप्टेन डा.समीर पुडासैनी पनि आजै अस्पतालबाट डिस्चार्ज भएका छन् । समीर पनि बर्दिबासमै कार्यरत थिए । अर्का संक्रमित डा.अमिक बुढा मगरको भने अन्तिम रिपोर्ट आएको छैन ।

डा. अमिक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् । लगत्तै बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरूले  शुक्रबार अस्पतालबाट डिस्चार्ज भए पनि अर्को ७ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने छ ।

टिप्पणीहरू