माओवादीसहित बाबुरामका प्रतिनिधिद्वारा संयुक्त निवेदन

माओवादीसहित बाबुरामका प्रतिनिधिद्वारा संयुक्त निवेदन

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएसँगै आज आयोगमा निवेदन दिइएको छ ।

माओवादी केन्द्रीय कार्यालयका शिव खकुरेल र नेपाल समाजवादीका कार्यालय मुख्यसचिव खगेन्द्र देवकोटाले आज दिउँसो निर्वाचन आयोगमा पुगेर निवेदन दिएका हुन् । आयोगमा परेको उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न औपचारिक बाटो खुलेको छ ।उता नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि निर्वाचन आयोग पुग्नु भएको थियो । उहाँले आफू माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमतिपछि देखिने बाधा अड्चनहरू बुझ्नको लागि आयोगमा पुगेको बताउनुभयो । गौतमले आफूलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न सहज हुने प्रतिक्रिया दिनुभएको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले गौतम र डा. भट्टराईको नेतृत्वमा रहेको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू