चिया दोकानमा ट्रकले स्कुटर हान्यो, एक चालकको मृत्यु अर्का पक्राउ

चिया दोकानमा ट्रकले स्कुटर हान्यो, एक चालकको मृत्यु अर्का पक्राउ

झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दमक नगरपालिका-४ चिया दोकानस्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा दमकका ६८ वर्षीय रामजुलुम नायकको निधन भएको हो ।

राजमार्गको पश्चिमतर्फ आउँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १-०४-००१प.२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार नायकको नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको हो ।

ट्रक चालक अर्जुनधारा नगरपालिका-५ बस्ने ३८ वर्षीय मात्रिका दनुवारलाई आजै पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।

टिप्पणीहरू