आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको प्रणान्त

आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको प्रणान्त

बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुषको बसले किचेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो ।

बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

टिप्पणीहरू