अरिङ्गालको टोकाइले रोल्पामा एक जना बिते

अरिङ्गालको टोकाइले रोल्पामा एक जना बिते

रोल्पामा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

हिजो बेलुकी घर नजिकैको जङ्गलमा अरिङ्गालको चाका पोल्ने क्रममा अरिङ्गालले जयबहादुरको शरीरका विभिन्न भागमा टोकेको थियो ।

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएका उनलाई उपचारार्थ रोल्पा अस्पतालमा पुर्याइएको थियो । तर मगरको उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

टिप्पणीहरू