अधवैंशे पुरुषले दारु पिएर एसिड प्रहार गरे

अधवैंशे पुरुषले दारु पिएर एसिड प्रहार गरे

सल्यानमा मादक पदार्थ सेवन गरेका पुरुषले तीन जनामाथि एसिड प्रहार गरेका छन् । दार्मा गाउँपालिका–३ मा एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा एसिड प्रहार गरेका ५० वर्षीय बेचे रावतलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रावलले मादक पदार्थ सेवन गरी आफ्नै तीन जना नातेदारलाई एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट पसलमा बसिरहेका उनका भाइसमेत घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, दार्माबाट खटिएको टोलीले उनलाई झण्डै २२ लिटर एसिड सहित नियन्त्रणमा लिएको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

टिप्पणीहरू