डम्बर खतिवडाले पनि बाबुरामको साथ छाडे

डम्बर खतिवडाले पनि बाबुरामको साथ छाडे

नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टी परित्याग गरेका छन् । नेसपा र माओवादी केन्द्र एउटै चुनाव चिन्हबाट आगामी निर्वाचन लड्ने भएपछि आफूले साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको उनले जानकारी दिए ।

जसपा र नेसपाको लफडाबाट पूर्णतः मुक्त रहेको उल्लेख गर्दै उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् भनेका छन्, ‘करिब आठ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र करिब तीन वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पूर्णतः मुक्त छु ।’

वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै आएका नेता खतिवडाले डा.बाबुराम भट्टराईको आठ वर्षसम्मको सहकार्यलाई तोड्दै नेसपाबाट अलग्गिने निर्णय गरेका हुन् । आगामी निर्वाचनमा नेसपा र नेकपा माओवादी केन्द्रले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू