अर्का जर्नेलमाथि कोर्टमार्शल

अर्का जर्नेलमाथि कोर्टमार्शल

सेनाले भर्खरै राजीनामा दिएर घर बसेका दुईतारे जर्नेल सुधीर श्रेष्ठमाथि चलिरहेको कोर्टमार्शलको फैसला सुनाएको छ । सैन्य हवाई सेवा महानिर्देशनालयका प्रमुख तथा हेलिकप्टर पाइलट श्रेष्ठसँग ४ वर्षअगाडिको चार्टर्ड उडानको रकम असुल नगरेको भन्दै ५९ लाख तिराउने आदेश भएको हो ।

प्रधानसेनापतिपछि दोस्रो वरीयताका लेफ्टिनेन्ट जनरल शरद गिरी नेतृत्वको टिमले श्रेष्ठमाथिका अन्य आठवटा अभियोगबाट भने सफाइ दिएको छ । सेनाले उनीसहित उक्त महानिर्देशनालयका १९ जनाउपर छानबिन गर्दै आएको थियो । बाँकी सबैले पनि सफाइ पाएका छन् ।

सेनाको जहाज प्रयोग गरेवापत ०३४ सालदेखि आजसम्मको बक्यौता भीम रावल, भीमसेनदास प्रधान, बालकृष्ण खाँण, इश्वर पोख्रेलको रक्षा मन्तृत्वकालमा अनेक समिति, उपसमितिबाट ११ करोड मिनाहा गरिसकिएको बताइन्छ ।

चार्टर्ड उडानबाट आएको राजश्व फण्डको केही पैसा समितिको बैठकमा खाजा, नास्तामा खर्च हुने गरेको र सो रकम अनियमितता गरेको नभई हिसाबको टिपोट देखाउन नसकिएको भन्दै श्रेष्ठ पैसा तिर्नेमा परेका हुन् । यस प्रकरणमा तानिएका महासेनानीदेखि सेनानीसम्मका दिपक बास्तोला, राजेश शाह, विनोद श्रेष्ठ, रामबहादुर बाठा, जकुमार लामा, कृष्ण फुयाल, श्याम सिल्वालले सफाइ पाएका छन् ।

टिप्पणीहरू