भारत नपुग्दै बाटोमै समातियो १० लाखको यार्सागुम्बा

भारत नपुग्दै बाटोमै समातियो १० लाखको यार्सागुम्बा

बाँकेको जानकी गाउँपालिका–१, पञ्चपोखराबाट झण्डै १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले हिजो बरामद गरेको हो ।

उनीहरु सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ यार्सागुम्बा छाडेर भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीको निम्ति डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको छ ।

टिप्पणीहरू