बुटवलको होटलमा पुरुष र युवती मृत फेला

बुटवलको होटलमा पुरुष र युवती मृत फेला

रुपन्देहीको बुटवलस्थित एक होटलमा पुरुष र युवती मृत अवस्थामा फेला परेका छन् । फूलबारीचोकस्थित कारिकोट होटलको कोठामा उनीहरू मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार धादिङ घर भएका अन्दाजी ३६ वर्षीय सिताराम भुजेल र दाङकी अन्दाजी २५ वर्षीया पुष्पा बुढाथोकी मृत भेटिएका हुन् । उनीहरु अस्ति रातिदेखि उक्त होटलमा बसेका थिए ।

शव पोस्टमार्टमको निम्ति लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू