दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब नदिइने

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब नदिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरेर स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कायम राखेमा तिनको तलब, भत्ता र सुविधाको लागि सम्बन्धित पालिका नै जिम्मेवार हुनुपर्ने बताएको छ ।

सबै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारी भएमा तलब भत्तावापतको रकम पालिकाले नै व्यहोर्नुपर्ने जनाएको हो ।

‘सहमतिको आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित पालिकाहरु नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि थप तलबभत्ताबापतको रकम मन्त्रालयबाट निकासा नहुने,’ परिपत्रमा उल्लेख छ ।

साथै, कर्मचारी समायोजन मिलान भई सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद तथा तहको मात्र उपलब्ध गराउने निर्णय मन्त्रालयको छ ।

सुरुमा समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भएर हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पालिकाहरुले यथावत जिम्मेवारीमा राखि आवश्यक तलबभत्ताको व्यवस्था गर्नुपर्ने भएको छ ।

टिप्पणीहरू