सुुदूरपश्चिममा भोलि कार्यालय नजाने, घरमै मिठो मसिनो खाने

सुुदूरपश्चिममा भोलि कार्यालय नजाने, घरमै मिठो मसिनो खाने

सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा घोषणा गरिएको हो ।

प्रदेश सरकारले गत वैशाख १ गते राजपत्रमा प्रकाशित गरेको सूचनामा ओल्के पर्वमा सुदूरपश्चिम प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिइने उल्लेख छ ।

साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको चहलपहल सुरु भएको छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिन विशेष महत्वको साथ यो पर्व मनाइन्छ । यो पर्वमा काँक्रो, भन्टा, मुला, दही, कर्कलो र हरियो सागपात आफन्तजनलाई बाँड्ने चलन छ ।

ओल्के भन्नाले स्थानीय भाषामा उपहार भन्ने बुझिन्छ । ठूलाबडालाई सम्मानस्वरुप फलफूल, सागपात दिनु र मिठो मसिनो खुवाउनु ओल्के पर्वको विशेषता हो ।

टिप्पणीहरू