अस्पतालमा बिरामी बलात्कार गरेको आरोपमा जेल परेका डाक्टर मृत फेला « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

अस्पतालमा बिरामी बलात्कार गरेको आरोपमा जेल परेका डाक्टर मृत फेला

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार १२:१०


अस्पतालमा बिरामीलाई बलात्कार गरेको आरोपमा जेल परेका एक डाक्टर मृत फेला परेका छन् । डा.रिकार्डो क्रुसियानी अमेरिकाको न्युयोर्क शहरस्थित जेलको नुहाउने क्षेत्रमा हिजो मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण भने अझै खुलि नसकेको बताइन्छ । तर, प्रहरीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक डा.क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार छ जना महिलाले उनीविरुद्ध बलात्कार मुद्दामा उजुरी दिएका थिए । सोही उजुरीपछि भएको सुनुवाइमा उनीमाथि यौन दुव्र्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा न्युयोर्कको एक अदालतले दोषी ठहराएको थियो ।


प्रतिक्रिया दिनुहोस !