धादिङमा ट्रेलरले हान्दा जीपका दुई जनाको प्रणान्त « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

धादिङमा ट्रेलरले हान्दा जीपका दुई जनाको प्रणान्त

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार ११:५५


धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र सहचालकको ज्यान गएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।

ट्रेलरको ठक्करबाट जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ घर भएका ३० वर्षीय ज्ञान बहादुर नेपाली र सहचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !