झापामा ब्राउनसुगरसहित युवक फेला « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

झापामा ब्राउनसुगरसहित युवक फेला

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार १०:४५


झापामा लागूऔषध ब्राउनसुगरसहित एक जना समातिएका छन् । इलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्यनारायण याख्खालाई प्रहरीले पक्रेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा याख्खाको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यलय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

याख्खालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !