एम्बुलेन्समा गाँजा तस्करी, चालक पक्राउ

एम्बुलेन्समा गाँजा तस्करी, चालक पक्राउ

सिराहाको लहानमा एम्बुलेन्समा गाँजा तस्करी गरेको अवस्थामा प्रहरीले ९० किलो गाँजासहित चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ घर भएका २९ वर्षीय सरोज लामा हुन् ।

प्रहरीका अनुसार गए राति चेकजाँचको क्रममा को.१च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा पाँच वटा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा भेटिएको बताइन्छ ।

इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले राती पौने ९ बजे पूर्वबाट पश्चिमतिर आउँदै गरेको एम्बुलेन्सको बिरामी सुताउने सिटमुनि राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो ।

एम्बुलेन्स सुनसरी जिल्लाको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू