फरार प्रतिवादी महिला जेल चलान

फरार प्रतिवादी महिला जेल चलान

लागूऔषध मुद्दाका फरार प्रतिवादी महिला चार महिनापछि समातिएकी छन् । काभ्रेपलान्चोक रोशी गाउँपालिका ४ घर भइ हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई हिजो पक्राउ गरिएको हो ।

श्रेष्ठविरुद्द गाँजा मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०७९ बैशाख ४ गते १ वर्ष १ महिना कैद र छ हजार रुपैयाँ जरिवानासहित फैसला सुनाइएको थियो । त्यसयता श्रेष्ठ फरार भएकी हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई हिजो कोठाबाटै नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत भक्तपुरमा पेश गरेको छ । हिजो नै अदालतले श्रेष्ठलाई तोकिएको कैद र जरिवाना भुक्तानको लागि कैदी पुर्जी जारी गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाएको छ ।

टिप्पणीहरू