शुरु भयो अमेरिकी र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास

शुरु भयो अमेरिकी र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास

नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आजबाट सुरु भएको छ । आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुने तालिमलाई ‘एक्स ब्यालेन्स नेल २२–५५३०’ नाम दिइएको छ ।

नेपाली सेनाका अनुसार २०६० सालदेखि नै दुई देशका सेनाबीच संयुक्त रूपमा सैन्य तालिम सञ्चालन हुँदै आएको छ । यस पटकको सैन्य तालिम ३९ औँ संस्करण भएको सेनाले जनाएको छ । अभ्यास काठमाडौंको छाउनी र नगरकोटमा सञ्चालन हुने बताइएको छ ।

सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गतका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुन लागेको हो ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ गरी जम्मा ९६ जना सम्मिलित छन् । संयुक्त सैन्य अभ्यासको लागि अमेरिकी सेनाको एक टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा हिजो वायुसेवाको जहाजमा नेपाल आएको थियो ।

टिप्पणीहरू