तीन तारे जर्नेललाई लिन नौ वटा पाससहित दुई तारे

आज सुडानबाट दुबई हुँदै काठमाडौं आएका तीन तारे जर्नेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको निम्ति नौ जना पुगेका छन् । रथी सरोजप्रताप राणाको स्वागतमा भीआइपी कक्ष छिर्न नौ वटा पास मागिएको हो ।
सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई हिजो लेखेको पत्रअनुसार सुडानस्थित राष्ट्रसंघीय मिसनको निरीक्षण भ्रमण गरेर रथी सरोजप्रताप राणाको टोली आज फ्लाई दुबईको उडानबाट काठमाडौं आएको हो । बिहान आउनुपर्ने उक्त विमान तीन घण्टा ढिलो भएको थियो ।
राणाको स्वागतको निम्ति विमानस्थलमा उपरथी प्रेमध्वज अधिकारी पुगेको बताइन्छ । सोही कार्यको निम्ति सैनिक मुख्यालयले लेखेको पत्रमा विमानस्थलको भिआइपी कक्ष खोल्न,ए र एल नम्बरको पाँच थान तथा ए, एल र इ नम्बरको पास चार थान उपलब्ध गराइदिन अनुरोध गरिएको स्रोतको दाबी छ । पत्रमा सैनिक टोलीको लगेज पुरानो आगमनकक्षबाट निकालिदिने व्यवस्थाको लागिसमेत अनुरोध गरिएको थियो ।
टिप्पणीहरू