मोटरसाइकलमै काठ ओसार्न थालियो

मोटरसाइकलमै काठ ओसार्न थालियो

झापामा अवैध काठसहित तीन वटा मोटरसाइकल बरामद गरिएको छ । दमक नगरपालिका ३ बेलडाँगीस्थित प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नम्बरको तीन वटा मोटसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार तीन वटा मोटरसाइकलमा सिसौको २६.०३ क्युबिक फिटको गोलिया तीन थान लोड गरी लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । उनीहरूले प्रहरीलाई देख्नासाथ मोटरसाइकल र काठ छाडेर भागेका थिए ।काठ बरामद गरी आवश्यक कारवाहीको निम्ति इलाका वन कार्यालय, बेलडागी दमकमा बुझाइएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू