ट्याङ्करको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने बिते

ट्याङ्करको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने बिते

चितवनमा ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका २९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलको पछाडि सवारको मृत्यु भएको बताइएको छ । चितवनको कालिका नगरपालिका २ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेलको ज्यान गएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु.१३ प ४८०४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना. ४ख ३९६९नम्बरको ट्याङ्करले आज दिउँसो १ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुबै सवारी साधनसहित ट्याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मोटरसाइकल चालक भने सकुशल छन् ।

टिप्पणीहरू