सुब्बाको यति भयंकर शक्ति

पत्याउनुहुन्छ एउटा सुब्बाले सिंहदरबार हल्लाइदिन्छ भन्दा ? एकजना डन सुब्बा चार महिनासम्म सिंहदरबारस्थित सामान्य, गृह, भूमिसुधारका हाकिमहरूलाई हत्तु खेलाएर पुरानै जिल्लामा फर्कन सफल भएका छन् ।
दुर्गम जिल्ला बाजुरा मालपोत कार्यालयमा निमित्त हाकिम खाइरहेका (१५६१०६ कर्मचारी संकेत नम्बर) अंगदबहादुर महतलाई गत स्थानीय तह निर्वाचनभन्दा डेढ महिनाअघि सिंहदरबार तानियो । आरोप थियो– सेवाग्राहीलाई सताएको र अनेकन बदमासी गरेको ।
तर सुब्बा साब यति पावरफुल कि यो चार महिनाको बीचमा ५ ठाउँ सरुवा हुँदासमेत डेग चलेनन् । अन्तमा पैसा पेलेरै उही ठाउँमा फर्किन सफल भएका छन् । यसबीच, न त मन्त्रालयले पठाईएको ठाउँमा रमाना लिएको देखिन्छ न खटाएको ठाउँमा पदस्थापन नै भएको ।
चैत्र १४ मा सामान्यका अधिकृत नित्यराज भट्टराईको हस्ताक्षरित पत्र अनुसार उनी सामान्य प्रशासनबाट गृहमा सरुवा भएको देखिन्छ । गृहको कप्रले भोलिपल्टै इलाका प्रशासन कार्यालय टिकापुर, कैलालीमा पदस्थापन गरिदिएको छ ।
गृहका शाखा अधिकृत कुलशेखर अर्यालद्वारा हस्ताक्षरित पत्रअनुसार टिकापुर खटाइए पनि रमाना नलिई बीचबाटै भूमिसुधारमा पुग्न सफल भएको देखिन्छ । स्थानीय तह निर्वाचनअघि आचारसंहिता लागेका कारण सरुवा रोकियो र स्थिति खुकुलो भएसँगै जेठमा भूमिव्यवस्था तथा सहकारी विभागमा जम्प हाने ।
महिना दिन नबित्दै नापी विभागमा खटिए । पाँच दिनपछि नापी कार्यालय बर्दियामा पदस्थापन भयो । तर त्यहाँ पनि जान चाहेनन् । अन्तत सामान्य प्रशासनले उनलाई जिल्ला समन्वय समिति बाजुरामा खटाएको छः ११ गते पत्र तयार पारी उनी बाजुरा प्रस्थान गरिसकेका छन् ।
दुइ दिनमै निर्णय टुहुरो
राज्य संयन्त्र चलाउनेहरू किन यति धेरै कमजोर र अकर्मण्य हुँदै छन् ? एक दिनअघि एउटा निर्णय ठोक्ने । त्यसको मसि सुक्न नपाउँदै निर्णय बदलिने । अर्काे समूहले असन्तुष्टि प्रकट ग¥यो भने फेरि दुबै निर्णय तुहिने । गोप्य राखिनुपर्ने यस्ता दस्तावेज सामाजिक सञ्जालमै छरपष्ट पारिदिने ! चाहे सातामा दुई दिन बिदा दिने निर्णय होस् वा कर्मचारीको नयाँ तलबमान । निर्णय ठोक्ने ठाउँमा बसेकाहरू नराम्ररी चुकेका छन् ।
टिप्पणीहरू