प्रधानमन्त्री निवास नजिकै भेला डाकेका काँग्रेस नेता आफैँ बालुवाटार छिरे

प्रधानमन्त्री निवास नजिकै भेला डाकेका काँग्रेस नेता आफैँ बालुवाटार छिरे

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विरुध्दमा समूह परिचालन गर्दै आएका काँग्रेस नेता डा. शेखर कोइराला हिजो साँझ बालुवाटार छिरेका छन् । उनी प्रधानमन्त्रीसँग भेट गर्न साँझ पौने ७ बजे त्यहाँ गएर झण्डै ४५ मीनेटपछि फर्केको बताइन्छ ।

यसअघि हिजै दिउँसो नेता कोइराला पक्षधरले बालुवाटार नजिकै खोलिएको सम्पर्क कार्यालयमा भेला गरेका थिए । त्यसअघि उनीहरुको बैठक बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको थियो ।

हिजोको बैठकले आफू निकटका भ्रातृ संस्थाहरुमध्ये नेपाल विद्यार्थी संघ,तरुण दल,महिला संघ,किसान संघ र आदिवासी जनजाति संघमा आवध्द नेता तथा कार्यकर्तासँग घनिभूत छलफल चलाउने निर्णय गरेको नुवाकोट काँग्रेसका पूर्व जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिएका थिए ।

टिप्पणीहरू