काठमाडौं बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणको क्रममा झडप !

काठमाडौं बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणको क्रममा झडप !

काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । हुम्लाबाट काठमाडौं आइ बसेका करिब १५ सयको नाम संकलन भएपनि पांच सय मात्र आरडीटी टेष्ट किट भएपछि विवाद बढ्दै जांदा झडप भएको हो ।

झडप हुंदा केही व्यक्ति घाईते भएका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीबीच परीक्षणका लागि समन्वय नहुंदा विवाद भएको स्थानीयको भनाई छ । हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आरडीटीको परीक्षण पछि उनीहरुलाई हुम्ला लाने तयारी गरेको बताइएको छ ।

लकडाउनका कारण हुम्लाका ५ हजार भन्दा बढी व्यक्ति काठमाडौंमा अलपत्र छन् ।

टिप्पणीहरू