गोसाईंकुण्डमा सवा तीन लाख भेटी

गोसाईंकुण्डमा सवा तीन लाख भेटी

गत शुक्रबारको जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्डमा तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी संकलन भएको छ । उक्त रकम जनैपूर्णिमामा स्नान र पूजा गर्न गएका भक्तजनले चढाएको भेटी भएको बताइएको छ ।

उक्त भेटी लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाईंकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले सदरमुकाम धुञ्चे ल्याएर जिल्ला प्रहरी कार्यालयको रोहबरमा गनेका हुन् ।

गोसाईंकुण्डमा जनैपूर्णिमा र जेठको दशहरामा ठूलो मेला लाग्छ । यो वर्षको मेलामा उत्पन्न फोहोर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाईंकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू