लिखुका सबै विद्यालय बन्द

लिखुका सबै विद्यालय बन्द

शिक्षक र विद्यार्थीहरुमा भाइरल ज्वरो देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय चार दिनका निम्ति बन्द गरिएको छ । गाउँपालिकाले आजदेखि आगामी बिहीबारसम्म सामुदायिक र निजी सबै विद्यालय बन्द गरिएको जानकारी दिएको छ ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत विपना श्रेष्ठले सूचना जारी गर्दै अविभावक तथा शिक्षकहरुले बिरामी विद्यार्थी भाइबहिनीलाई घाममा हिँडडुल नगर्न र औषधि खुवाएर आरामको व्यवस्था मिलाउन आग्रह गरेकी छन् । भदौ ५ गतेदेखि ९ गतेसम्म पाँच वर्ष पूरा भई १२ वर्ष ननाघेका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोेप सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।सूचनामा भनिएको छ, ‘भाइरल ज्वरोका कारण बिरामी भएका विद्यार्थीहरु खोप लगाउनबाट बन्चित हुने भएकाले यस कार्यालयको निर्णयअनुसार आजदेखि भदौ २ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराइन्छ । विद्यार्थीहरुलाई औषधि खुवाइ आरामको व्यवस्था मिलाउन हुन पनि अनुरोध छ ।’

टिप्पणीहरू