कोरोनाको कहरबीच नर्सको आत्महत्या !

कोरोनाको कहरबीच नर्सको आत्महत्या !

लकडाउनले मुलुक नै ठप्प भएको र कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले आत्महत्या गर्नुपर्यो होला ?

तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा अस्ति बुधवार एकजना युवती मृत फेला परेकी छन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् ।

यतिखेर कोरोना कहरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अड्केकी थिइन् । तर,नियमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् ।

गत माघमा केही दिनको छुट्टीमा मोरङ्,उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् । तर,परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।

अहिले अप्रत्यासित रूपमा उनले आत्महत्या गरेको खबर आएपछि परिवार र आफन्त शोकमा डुबेका छन् । लकडाउनले मुलुक नै ठप्प भएको र कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले आत्महत्या गर्नुपर्यो होला ? घटना रहस्यमय र सोचनीय देखिएको छ ।

प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट,तारकेश्वर-छ का खम्बसिङ्ग तामाङलाई यस प्रकरणमा गिरफ्तार गरी अपहरण,शरीर बन्धक र आत्महत्या दुरुत्साहनमा अदालतबाट म्याद थपेको छ ! पहिला भने आत्महत्याको अभिलेख राखिएको थियो ! घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत नजिकिएको र १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाई समातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले जनआस्थालाई बताए !

टिप्पणीहरू