घाँस काट्न गएका दुवै मृत फेला

घाँस काट्न गएका दुवै मृत फेला

सुर्खेतको जंगलमा घाँस काट्न गएका दुई जना मृत फेला परेका छन् । स्थानीयको जंगलमा लाश फेला परेपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

भेरीगङ्गा नगरपालिका, ५ गेरवानीमा घाँस काट्न गएका स्थानीय रामबहादुर चन्द र कवि ओली हिजो मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको बताइएको छ ।

स्थानीयले आफ्नो सुरक्षाको माग गर्दै केही समयदेखि बबई सडक अवरुद्ध गरेको सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारी साधनहरुको आवतजावत ठप्प भएको छ ।

हिजो बिहान ८ बजेतिर घाँस काट्न गएका दुबै जना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईमा खबर गरेका थिए । लगत्तै खोजी गरेको प्रहरी टोलीले उनीहरुको लाश घरबाट पाँच मिलोमिटर टाढा जंगलमा फेला पारेको हो ।

टिप्पणीहरू