अमेरिकाले गाँजा खेती गर्ने,नेपालीले फाँड्ने ?

अमेरिकाले गाँजा खेती गर्ने,नेपालीले फाँड्ने ?

केशवप्रसाद गौतम

अमेरिकाको क्यालिफोर्नियालगायत कतिपय राज्यमा गाँजा खेतीलाई वैधानिकता प्रदान गरिएको छ । स्वास्थ्यका लागि गाँजा उपयोगी भएकाले त्यसो गरिएको हो । गाँजाबाट निर्मित औषधि अलजाइमर्स र क्यान्सर रोगविरूध्द प्रयोग गरिन्छ । त्यसबाहेक पनि धेरै किसिमका औषधिहरू बनाएर अमेरिकाले कराडौं डलर आम्दानी गरेको छ ।

नेपालमा पनि २०२० को दशकसम्म गाँजा,सुर्तिको खेती गरिन्थ्यो । हाम्रा पिता,पुर्खाले चुरोट पिउन जानेका थिएनन् । तमाखु,गाँजा खान्थे र विदेश निकासी गर्थे । त्यसबाट पनि देशको अर्थतन्त्र सबल हुन सहयोग मिलेको थियो ।

तर अमेरिकाले पञ्चायतकालमा केही आर्थिक सहयोग दिएर नेपाल सरकारलाई गाँजा खेतीमा प्रतिबन्ध लगाउन सुझायो । चुरोट पिउने बानी लगाएर देशको रकम विदेश लगी देशलाई गरिब बनाइयो । अमेरिकाले विश्वका गरिब देशलाई गाँजा हानीकारक छ,यसले देशका युवाहरूलाई कुलतमा पार्छ भनेर भ्रम फैलायो ।

गाँजा खेतीबाट सबैलाई अलग गरी आफूले एकलौटी रूपमा विभिन्न प्रजातिका गाँजा खेतीमार्फत विश्वभरि गाँजा र त्यसबाट निर्मित औषधि निर्यात गरेर अहिले डलर कमाएको देखिन्छ । आज हामी सनफ्रान्सिस्को बे एरियाबाट करिब दुई सय माइल टाढा क्यालिफोर्नियाको मेन्डोसिनो काउन्टीमा रहेको एउटा गाँजा फार्म अवलोकन गर्यौं ।

ग्रीन हाउसमा हुर्काउँदै गरिएका गाँजाका बोटहरू,खुला ठाउँमा रहेका गाँजाको बोटहरू र पहाडका डाँडामा रहेका गाँजाका बगानका तस्बिरहरू पोष्ट गरेका छौं । सयौं रोपनीमा गरिएका गाँजा खेतीको मात्र होइन गाँजा कसरी तयार गरिन्छ र के कसरी अन्यत्र पठाउन प्याकिङ गरिन्छ भन्ने कुराको पनि जानकारी गराउन गाँजा तयार गरिरहेका कामदारको तस्बिर र प्याकिङमा गाँजाको प्याकेटसमेत पोष्ट गरेका छौं ।

हाम्रो देशमा पनि गाँजा खेतीलाई वैधानिकता प्रदान गरेर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सकिने देखेका छौं । त्यसका लागि सदनबाट गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न जनदबाब सिर्जना गर्नुको विकल्प देखिएन । अमेरिकाभन्दा पनि हाम्रो देशको हावापानी र माटो गाँजा खेतीका लागि उपयुक्त पाइयो । किनभने हाम्रो देशमा गाँजा, भाङ छनै पर्दैन । आफैँ उम्रन्छ । त्यसैले शुभकार्य गर्न विलम्ब नगरौं ।

(विराटनगरका बुद्धिजीवी गौतम हाल गाँजा खेतीको अवलोकनको निम्ति अमेरिका भ्रमणमा छन् ।)

टिप्पणीहरू