अवैध सुपारी र पाउडर दुध बरामद

अवैध सुपारी र पाउडर दुध बरामद

झापामा भन्सार छलेर ल्याइएका सुपारी र पाउडर दुध बरामद गरिएको छ । भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ३० किलो अवैध सुपारी र दुई सय किलो पाउडर दुध नियन्त्रणमा लिइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार दुधको बजारमूल्य १० लाख र सुपारीको एक लाख १५ हजार रुपैयाँ पर्छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको उक्त सामान गएराति १२ बजे मेचीनगर नगरपालिका–७ बाट नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सामान कारवाहीको निम्ति मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको बताइएको छ ।

टिप्पणीहरू