आज पनि मुलुकभरका शिवालयमा उस्तै भीड

आज पनि मुलुकभरका शिवालयमा उस्तै भीड

साउन महिनाको सोमबार हिन्दु धर्मावलम्बी महिलाहरू ब्रत बसी भगवान् शिवको पूजा आरधना गर्छन् । आज साउनको अन्तिम सोमबार भएकाले गोदान र पूर्ण पात्र गरी साउने सोमबारको ब्रत समापन गरिन्छ ।

साउन महिना र सोमबारलाई भगवान् शिवको महिना र बारका रूपमा लिइन्छ । साउनको सोमबार विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ ।

साउनको सोमबार ब्रत बसी भगवान् शिवको पूजा, आरधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने विश्वास गरिन्छ । अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास पनि उत्तिकै छ ।

अर्कोतर्फ शिव मन्दिरमा खालि गोडा, पहेँलो वस्त्र पहिरिएका र बोल बम भन्दै हिँडेका हजारौँ भक्तजनहरूको ताँती पनि देख्न सकिन्छ । बोल बमको आवाज गुञ्जायमान बनाउँदै शक्ति पीठ धाउने यात्रीहरूका लागि वर्षेनी पशुपतिनाथ मन्दिरका चार ढोकामध्ये एउटा ढोका दर्शन गर्नको लागी छुट्टाउने गरिन्छ ।

टिप्पणीहरू