राष्ट्रपतिले मन्त्री र महान्यायाधिवक्तालाई के-के सोध्नुभयो ?

राष्ट्रपतिले मन्त्री र महान्यायाधिवक्तालाई के-के सोध्नुभयो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति अपरान्ह कानुनमन्त्री र महान्यायाधिवक्तालाई भेट्नुभयो । उहाँहरु एकै समय शीतल निवास पुग्नुभएको थियो । मन्त्री र महान्यायाधिवक्तालाई भेटेपछि राष्ट्रपतिले साँझ प्रधानमन्त्रीसँग केहीबेर कुराकानी गर्नुभएको बताइन्छ ।

कानुनमन्त्री र महान्यायाधिवक्तासँगको भेटमा राष्ट्रपतिले धेरैजसो कानुनी विषय उठाउनुभएको थियो । स्रोतका अनुसार उहाँले सबैभन्दा पहिले कुमारी आमा निहारिका राजपुतको विषय,उनले आत्मदाह गर्न खोजेको सन्दर्भ र कानुनी विषयमा चासो राख्नुभएको हो ।

त्यसपछि राष्ट्रपतिको चासो शान्ति प्रक्रियाबारे थियो । उहाँले उक्त प्रक्रियाको पछिल्लो अपडेट पनि मन्त्री र महान्यायाधिवक्तासँग लिनुभएको बताइन्छ ।

शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनबारे सरकारको धारणा बुझ्न उहाँले चासो राख्नुभएको हो । त्यसैगरी सोसम्बन्धी विधेयकको बारेमा पनि शीतल निवासले निकै सोधनी गरेको स्रोतको दाबी छ । आयोग गठन प्रक्रियामा रहेको र विधेयक पनि संसदको प्रक्रियामा रहेको सरकारी अधिकारीहरुले जवाफमा बताएका थिए ।

टिप्पणीहरू