नौबाहिनीमा जीप खस्यो,नवै जना सिकिस्त

नौबाहिनीमा जीप खस्यो,नवै जना सिकिस्त

प्युठानमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । अहिले साँझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मीटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

टिप्पणीहरू