इजिप्टको चर्चमा आगलागीः ४१ जनाको मृत्यु, १४ घाइते

इजिप्टको चर्चमा आगलागीः ४१ जनाको मृत्यु, १४ घाइते

इजिप्टको एउटा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । राजधानी कायरोको घना आबादीमा रहेको अबु सेफिन चर्चमा आज आगलागी हुँदा ४१ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगलागी परी थप १४ जना घाइते भएका छन् । चर्चमा आगो लाग्नुको कारण भने खुलेको छैन् । तर, प्रहरीले प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर घटना घटेको हुन सक्ने अनुमान गरेको छ ।

इजिप्ट सरकारले आगो निभाउन १५ वटा दमकल घटनास्थलमा पठाइएको थियो । घटनास्थलबाट एम्बुलेन्सले घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा र्पुयाएको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू