ढुङ्गा हान्ने पर्व मनाउँदा सयौं घाइते (भिडियोसहित)

ढुङ्गा हान्ने पर्व मनाउँदा सयौं घाइते (भिडियोसहित)

कोभिड-१९ को कारण रोकिएको भारतको देवीधुरा भन्ने ठाउँको ढुङ्गा हान्ने पर्व यसपाली फेरि भव्यताका साथ मनाइएको छ। एउटा ग्रुपले अर्को समूहमाथि ढुंगा बर्साउँदै मनाइने यो पर्व हेर्दा जत्ति रमाइलो देखिन्छ उत्तिनै खतरनाक पनि रहेको बताइएको छ। पछिल्लो रिपोर्टअनुसार ढुङ्गा हानाहानको क्रममा कम्तिमा पनि २३० जना घाइते भएका छन् ।

भारत चम्पावत जिल्लाको बाराही देवी मन्दिर अगाडि हुने यो उत्सवलाई मध्यनजर गर्दै स्थानीय अधिकारीहरुले यो पर्वका नियमहरु परिवर्तन गरेका थिए,जसमा सहभागीहरुलाई ढुङ्गाको ठाउँमा फूल र फलफूलको प्रयोग गर्न भनिएको थियो तर सहभागीहरुले यसको सट्टा ढुङ्गा नै प्रयोग गर्न मन पराएको पाइयो ।

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू