नेकपालाई चीनको अर्को प्रस्ताव

नेकपालाई चीनको अर्को प्रस्ताव

हिजो बिहिबार संसदमा बजेट भाषण शुरु हुनुअघि बालुवाटारमा रक्षा मन्त्री इश्वर पोख्रेलले यससम्बन्धी तयारी अघि बढाउने गरी दुई अध्यक्षवीच सल्लाह भएको हो।

सीमा विवाद हल गर्ने हेतुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवाद चारपटकको प्रयासमा पनि सफल नभएपछि सत्तारुढ नेकपालाई अर्को छिमेकी चीनले कुराकानी गर्न प्रस्ताव पठाएको छ  ।

यताबाट सहमति गएमा दुई देशका सत्तारुढ कम्युनिस्ट नेताहरुवीच भिडियो कन्फरेन्स जुन महिनाको पहिलो साता (आज मे २९) भित्र गर्ने प्रस्ताव चीनबाट आएको हो । त्यसक्रममा त्यहाँको बिदेश बिभाग प्रमुख सोङ्ग ताओले नेपालको उच्च स्तरका नेतासङ्ग कुराकानी गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टीले त्यस्तो संवादको अवधि दुई घण्टाका लागि प्रस्तावित गरेको हो ।

यसअघि लकडाउन शुरु हुनासाथ भिडियो कन्फरेन्समा उताबाट विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल,कोभिड–१९ नियन्त्रण उच्चस्तरीय कार्यदल (सिसिएमसी) को नेतृत्व गरिरहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलसहित केही प्रदेश मन्त्रीसङ्ग तीन घण्टा भिडियो सम्बाद गरिएको थियो । यसचोटि भने उताबाट अध्यक्षसङ्गै कुरा गर्ने इच्छा दर्साइएको बताइन्छ । हिजो बिहिबार संसदमा बजेट भाषण शुरु हुनुअघि बालुवाटारमा रक्षा मन्त्री इश्वर पोख्रेलले यससम्बन्धी तयारी अघि बढाउने गरी दुई अध्यक्षवीच सल्लाह भएको हो।

उता, पाँच दिनअघि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच शीतल निवासमा लामै कुराकानी भएको छ ।

देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, नेकपाको आन्तरिक अवस्था र राष्ट्रिय राजनीतिका केही महत्वपूर्ण कार्यभार सम्पन्न  गर्नुपर्ने कुरामा उक्त भेट केन्द्रित भएको सहभागीस्रोतले जनायो ।

टिप्पणीहरू